चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी दिएका हुन् ।
उनले चुरे–तराई÷मधेस क्षेत्रको संरक्षणमार्फत तराई÷मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिने गरी कार्य भइरहेको पनि बताए । चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको उनको भनाई थियो ।
उनले भने, ‘चुरे तराई/मधेसको संरक्षण तथा व्यवस्थापन एवं मरुभूमिकरण नियन्त्रणका लागि २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा सञ्चालन भइरहेको तथ्य सबैलाई अवगत नै छ । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको तथ्य पनि सबैलाई जानकारी नै छ । आवश्यकता र प्राथमिकताका आधारमा तीनै तहका सरकारका चालु आर्थिक वर्षको बजेट नघट्ने गरी सम्बोधन गर्न नीतिगत व्यवस्था गरिएको जानकारी पनि गराउन चाहन्छु । चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनमा जलवायुवित्त परिचालन गरी सञ्चालन भइरहेको चुरे उत्थानशीलता आयोजनालाई अझ सशक्त बनाइनेछ । चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ । चुरे–तराई मधेस क्षेत्रको संरक्षणमार्फत तराई मधेसको मरुभूमि करण हुनबाट रोक्न, चरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिने गरी कार्य भइरहेको छ । चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खननलाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण