शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, ०६ चैत २०८०, १४ : १८
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री प्रचण्डले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको जानकारी दिएका हुन् । 

उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको बताए । उनले प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने व्यवस्था मिलाइने बताए ।

उनले भने, ‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको छ । बर्न अस्पताल बिस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गरिँदैछ । प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ ।’

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप