रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
मङ्गलबार, ०६ चैत २०८०, १५ : ००
काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ ।
न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले कम्पनीलाई अवमनना नोटिसको जवाफ नदिनुको कारणसमेत सोधेको छ ।
यो मामिला पतञ्जलि आयुर्वेदका औषधिहरूलाई लिएर प्रसारित विज्ञापनमा गरिएका ‘भ्रामक’ दाबीसँग सम्बन्धित छ । यसअघि पतञ्जलिका कानुन व्यवसायीले उक्त कम्पनीबाट त्यस्ता भ्रामक विज्ञापन नगरिने प्रतिबद्धता जनाएका थिए ।
गत नोभेम्बरमा अदालतमा यस्तो प्रतिबद्धता जनाइए पनि त्यस्ता विज्ञापन प्रसारित भइरहेको भन्दै फेरि मामिला अदालतमा पुगेको थियो । मङ्गलबार अदालतले अवमानना नोटिसको जवाफ नआएको भन्दै रामदेव र आचार्य बालकृष्णलाई अदालतमै पेस हुन आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण