शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा

मङ्गलबार, ०६ चैत २०८०, १८ : ४७
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको सिफारिस गरेको छ । 

मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । 

क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार बैठकले पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । 

बैठकले महिला आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । “यी नाममा जिल्ला र प्रदेश कार्यसमिति राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,” उनले भने, “पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौँ ।”

इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङकाे  मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनका लागि निर्वाचन अयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप