वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गरेको अवस्थामा चारजना पक्राउ
वीरगन्ज । वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनधिकृत प्रवेश गराइ जुवा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार पक्राउ पर्नेमा क्यासिनोका कर्मचारीहरू कास्कीको पोखराका प्रताप लामा, सर्लाहीको बरहथवाका उमेश कार्की, वीरगन्जको नगवाका पप्पु सिंह पक्राउ परेका छन् । यस्तै वीरगन्जकै वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन कर्मचारीसहित चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण