वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदै गरेको अवस्थामा चारजना पक्राउ

वीरगन्ज । वीरगन्जको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनधिकृत प्रवेश गराइ जुवा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार पक्राउ पर्नेमा क्यासिनोका कर्मचारीहरू कास्कीको पोखराका प्रताप लामा, सर्लाहीको बरहथवाका उमेश कार्की, वीरगन्जको नगवाका पप्पु सिंह पक्राउ परेका छन् । यस्तै वीरगन्जकै वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन कर्मचारीसहित चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र