स्टन्ट गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन : विनोद चौधरी
काठमाडौँ । सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन् । बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनको भनाइ थियो ।
‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ’, चौधरीले भने, ‘४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’
उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे ।
तर पछिल्लो समय एउटा उद्यमीलाई राजनीतिकरण गरेको भन्दै कठिन परिस्थितमा आफूजत्तिको मानिसले उभिएर अर्थतन्त्रको कुरा गर्दा रोजगार दाताहरूले हेक्का राख्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्
-
एटीएस ब्रान्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा
-
‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा
-
पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास
-
मीनबहादुर गुरुङद्वारा अस्पताल बनाउन ४१ करोड सहयोग
-
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा