माओवादीको नयाँ विधान कहिले लागु हुन्छ ?
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नयाँ विधान तयार गरी निर्वाचन आयोगमा पठाएको छ । माओवादीको गत फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को विधान–२०८० पारित गरेको थियो । यद्यपि विधान क्रमशः लागु हुँदै जाने माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । उनले विधान क्रमशः लागु हुँदै गए पनि पूर्णरुपमा भने विशेष महाधिवेशनबाट मात्र कार्यान्वयनमा जाने रातोपाटीलाई बताए ।
‘विधानलाई अन्तिम रूप दिएर निर्वाचन आयोगमा पठाइसकेको छ । पार्टीमा क्रमशः लागु हुँदै जान्छ । कमिटी फर्मेसनमा भने विशेष महाअधिवेशनपछि मात्र लागु हुनेछ’, उनले भने, ‘अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म केन्द्रीय समिति, प्रदेश समिति र पालिका समिति यथावत् रहन्छ । पार्टी अनुशासनको कारबाही तथा अन्य गतिविधि नयाँ विधान अनुसार हुन्छ । यसका लागि हामीले संक्रमणालीन व्यवस्था विधानमै राखेका छौँ ।’
माओवादीको विधानको धारा– ४४ मा सङ्क्रमणकालीन व्यवस्था राखिएको छ । ‘यो विधान बमोजिमका समितिहरू अधिवेशनहरू मार्फत क्रमशः गठन हुँदै जानेछन् । यस विधान अनुसारका समिति र निकायहरूले पूर्णता नपाउँदासम्म हाल कायम रहेका समिति र निकायहरू क्रियाशील रहनेछन्’, विधानमा उल्लेख छ ।
नयाँ विधानलाई प्रस्तावनासहित ९ वटा भागमा विभाजन गरिएको छ । जसमा ४६ वटा धारा र ९ वटा अनुसूची छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण