आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने माओवादीको निर्णय

मङ्गलबार, ०६ चैत २०८०, १४ : ५५
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित दुई अभियान स्थगित गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनले तय गरेको तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । 

मंगलबार बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै दुवै अभियान स्थगित गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गतेसम्म तराई मधेस जागरण अभियान सञ्चालन हुने भनिएकोमा स्थायी कमिटीले चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।  यसैगरी दोस्रो चरणमा हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन हुने भनिएको थियो । 

यसअघिको विशेष रूपान्तरण अभियान, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणका लागि कार्यकर्तामा केन्द्रित रहे पनि आगामी अभियान जनतामा केन्द्रित रहने  भन्दै माओवादीले सो कार्यक्रम अघि सारेपनि अन्तिम समयमा आएर स्थगित गरेको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप