माओवादीमा मातृकालाई नयाँ जिम्मेवारी, दुई नेताको सरुवा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी गराएका हुन् । यसअघि उनलाई भारत प्रवासको जिम्मेवारी दिन पार्टीले प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए ।
यस्तै माओवादीले दुई नेताको सरुवा पनि गरेको छ। केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकोले उनलाई सोही प्रदेशमा सरुवा गरिएको गुरुङको परिपत्रमा उल्लेख छ । यसअघि उनी प्रचार विभागमा थिए ।
यस्तै वैकल्पिक केन्द्रीय सदस्य मोहन मान स्वाँरलाई युरोप– अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ ।
आफू क्यानडामा श्रीमतीको उपचारमा लामो समयसम्म रहन पर्ने कारण देखाइ सरुवा गरिदिन माग गरेकाले सोहीअनुसार गरिएको माओवादी कार्यालय स्रोतले बताए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको बारे पनि माओवादीले मातहतका कमिटीलाई जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण