शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा भलिबल प्रतियोगिता हुने

बिहीबार, ०८ चैत २०८०, १२ : १७
बिहीबार, ०८ चैत २०८०

यूएई ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल एसोसियसन-एनआरएनए एनसीसी यूएईको आयोजनामा युएईमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । 

युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो ।  प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुबई सहरस्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने छ ।

खेलकुदका माध्यमबाट आपसी भाइचारा, सामाजिक सद्भाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने उद्देश्यका साथ नेपाल एसोसिएसन-एनआरएनए एनसीसी युएईले हरेक वर्ष झैँ यस वर्ष पनि वार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन-एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । 

अध्यक्ष शाहीले युएईमा स्थापित सम्पूर्ण सङ्घसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरूलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गरे ।

432294327_1149305176106286_7055218700622445164_n

प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक राशि पुरस्कार राखिएको कार्यक्रम संयोजक अपिल भट्टराई बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार दिराम (कप, मेडल र प्रमाणपत्र) पाउनेछन भने दोस्रो हुने टिमले नगद ६ हजार दिराम (कप, मेडल र प्रमाणपत्र), तेस्रो हुने टिमले नगद ४ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) प्राप्त गर्नेछन् त्यस्तैं सान्त्वना पुरस्कार २ हजार दिराम (कप, मेडल र प्रमाणपत्र) रहेको कार्यक्रम संयोजक भट्टराईले जानकारी दिए ।

त्यस्तैं बिधागत तर्फ बेस्ट प्लेयर, बेस्ट लिब्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट टिम कोच, बेस्ट सर्भर, बेस्ट कुइकर लगायतका विधामा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहसंयोजक  जिबन सिंह ठकुरीले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन ८ अप्रिलसम्म टिम दर्ता गराउनुपर्ने ठकुरीले बताए । टिम दर्ता शुल्क १ हजार दिराम राखिएको छ । 

आयोजकले प्रतियोगितामा हरेक टिमले २ जनासम्म राष्ट्रिय स्तरका खेलाडी राख्न पाउने व्यवस्था गरेको छ ।  एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले नेपाली समूदायले गर्न लागेको यो अहिलेसम्मकै ठुलो प्रतियोगिता भएको भन्दै नेपालबाट पनि खेलाडीको उल्लेख्य सहभागिता रहने बताए । उनले प्रतियोगिताको तयारीमा आफूहरु लागिसकेको पनि बताए । 

प्रतियोगिताको  तयारी तीव्र गतिमा भइरहेको  नेपाल एसोसिएसन-एनआरएनए एनसीसी युएईका महासचिव भुवन वाग्लेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप