योगगुरु बाबा रामदेवले भारतको सर्वोच्च अदालतसँग मागे माफी
नयाँ दिल्ली । भारतीय योगगुरु बाबा रामदेवले त्यहाँको सर्वोच्च अदालतसँग माफी मागेका छन् । पतञ्जलिको भ्रमित गराउने खालको विज्ञापन मामिलामा उनले आफ्नो गल्तीका लागि माफी मागेका हुन् । अदालतले बाबा रामदेव र आचार्य बालकृष्णलाई मार्च १९ मा हाजिर हुन आदेश दिएको थियो । अदालतले बाबा रामदेव र आचार्य बालकृष्णलाई मार्च १९ मा हाजिर हुन आदेश दिएको थियो ।
यसै मामिलामा कम्पनीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले पनि बिना सर्त अदालतसँग माफी माथेका छन् । माफीनामामा फेरि विज्ञापन प्रसारण नगर्ने वाचा पनि गरिएको छ । कम्पनीको सञ्चार विभागलाई अदालतको आदेशको जानकारी नभएको आचार्य बालकृष्णको भनाइ छ । विज्ञापनका उद्देश्य पतञ्जलिका प्रडक्टहरू उपभोग गरेर स्वस्थ जीवन जिउन नागरिकहरूलाई प्रोत्साहित गर्नु भएको उनले बताए ।
बाबा रामदेव र बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश
अदालतले पतञ्जलि आयुर्वेदको भ्रामक औषधि विज्ञापन प्रकरणमा पतञ्जलिका सह–संस्थापक समेत रहेका स्वामी रामदेव र पतञ्जलिका एमडी आचार्य बालकृष्णलाई अप्रिल २ मा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । कम्पनी र आचार्य बालकृष्णले सूचनाको जवाफ नदिएपछि यस्तो आदेश जारी गरिएको हो । मार्च १९ मा भएको सुनुवाइमा अदालतले नोटिस जारी गर्दै उनीहरूविरुद्ध अवहेलनाको कारबाही शुरु किन नगर्ने भन्नेबारे सोधको थियो । अदालतले गत वर्ष भ्रामक विज्ञापन जारी नगर्न पतञ्जलिलाई निर्देशन दिएको थियो । तर कम्पनीले यो आदेशलाई बेवास्ता गरी विज्ञापन प्रसारण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण