पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताएका हुन् ।
उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए । उनले भने, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? अथवा पूर्व सूचनालाई हामीले कुन रूपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ । अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा छ । हाम्रा अनुभवहरूलाई र विज्ञतालाई ठिक ढङ्गले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्याउने विधिहरूको बारेमा पनि तपाईंहरूका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’
उनले सूचना सबैको पहुँच पुर्याउने विधिहरूको बारेमा सोच्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण