पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताएका हुन् ।
उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए । उनले भने, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? अथवा पूर्व सूचनालाई हामीले कुन रूपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ । अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा छ । हाम्रा अनुभवहरूलाई र विज्ञतालाई ठिक ढङ्गले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्याउने विधिहरूको बारेमा पनि तपाईंहरूका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’
उनले सूचना सबैको पहुँच पुर्याउने विधिहरूको बारेमा सोच्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?