कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्छ : महासचिव पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताएका छन् ।
बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने बताएका हुन् ।
‘कर्णालीका एमालेका नेताहरूले एक पटक हामीले नेतृत्व पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले स्वागत गर्नुपर्छ,’उनले भने, ‘यो कुरा कर्णालीका माओवादीका साथीहरूले अघि बढेरै भन्नुपर्छ, हामीले धेरै पटक नेतृत्व गर्यौँ, एक पटक तपाईँहरूको नेतृत्वमा अघि बढेर काम गरेको सिक्न चाहन्छौँ ।’
आफूले निरन्तरता पाउनुपर्ने भनेर माओवादी साथीहरू काठमाडौँ गएको कुरा सही नभएको भन्दै उनले नेतृत्वका लागि एमाले नेताहरूले पनि काठमाडौँ धाउन जरुरी नरहेको बताए ।
‘कर्णालीको नेतृत्वमा एमालेलाई साथ दिनुपर्ने कुरामा माओवादी साथीहरूले सोच्नुपर्छ,’ उनले भने, ‘नेतृत्वले यो विषयमा सोचिरहेको होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण