बलात्कार मुद्दामा रोबिन्होलाई ९ वर्षको जेल सजाय
ब्रासिलिया । म्यानचेस्टर सिटी तथा रियल मड्रिडका पूर्वफरवार्ड रोबिन्होले ब्राजिलमा बलात्कार मुद्दामा ९ वर्षको सजाय काट्नु पर्ने भएको छ । सन् २०१३ मा अल्बानियाका २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको मुद्दामा ४० वर्षीय ब्राजिलियन खेलाडीलाई सन् २०१७ मा इटालीको अदालतले दोषी ठहर गरेको थियो ।
उनी भने ब्राजिलमा बस्दै आएका थिए । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी गर्दैन । तर, इटालीको आग्रह अनुसार बुधबार ब्राजिलको अदालतले उनलाई ब्राजिलमा रहेर सजाय भुक्तानी गर्नुपर्ने आदेश दिएको हो । यद्यपि, उक्त आदेशविरुद्ध पुनरावेदन गर्न मिल्ने भएकाले उनी हाललाई पक्राउ भने नपर्ने वकिलहरूले जानकारी दिएका छन् ।
घटना भएका बेला उनी इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । उनले इटालीमा फैसलाविरुद्ध पुनरावेदन गरे पनि सन् २०२० मा उक्त मुद्दा हारेका थिए । सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले उनीविरुद्धको सजायलाई कायम गरेको थियो ।
इटालीका अधिकारीहरूले त्यसपछि रोबिन्होविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो । उनले उक्त घटना बलात्कार नभएर सहमतिमा भएको दाबी गर्दै आएका छन् ।
रोबिन्होले ब्राजिलका लागि १ सय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यस्तै, रियल मड्रिडमा दुईवटा लिग उपाधि जितेपछि उनी सन् २००८ मा बेलायतमा तत्कालीन कीर्तिमानी ३.२५ करोड पाउन्डमा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए । दुई सिजनपछि उनी एसी मिलान पुगेका थिए । त्यहाँ उनले ५ वर्ष बिताए ।
मिलानपछि उनी चिनियाँ टोली ग्वानझाओ एभरग्रान्डे हुँदै ब्राजिलको एट्लेटिको मिनेरो पुगेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण