रुपन्देहीमा बिमा कम्पनी स्थापना

बुटवल । रुपन्देहीमा मुख्य कार्यालय रहेर बिमा कम्पनी स्थापना भएको छ। माइक्रो इस्योरेन्स कम्पनीले रुपन्देहीको तिलोत्तमा आफ्नो केन्द्रीय कार्यालय रहने गरी स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माइक्रो इस्योरेन्सको शुभारम्भ हुन लागेको जानकारी दिए। उनले चैत ९ गतेबाट इन्स्योरेन्सको औपचारिक शुभारम्भ गर्ने बताए ।
बुटवलका ७१ जना सञ्चालकहरूको ७५ करोड लागतमा माइक्रो इन्स्योरेन्स शुभारम्भ हुन लागेको हो । तिलोत्तमा २ जानकी नगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौँ रहेको छ । कम्पनीले देशभर १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी बढाइएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
सर्वसाधारणलाई भइपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथ कम्पनी सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुइपामा १ सय १० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर