रुपन्देहीमा बिमा कम्पनी स्थापना
बुटवल । रुपन्देहीमा मुख्य कार्यालय रहेर बिमा कम्पनी स्थापना भएको छ। माइक्रो इस्योरेन्स कम्पनीले रुपन्देहीको तिलोत्तमा आफ्नो केन्द्रीय कार्यालय रहने गरी स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।
कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी माइक्रो इस्योरेन्सको शुभारम्भ हुन लागेको जानकारी दिए। उनले चैत ९ गतेबाट इन्स्योरेन्सको औपचारिक शुभारम्भ गर्ने बताए ।
बुटवलका ७१ जना सञ्चालकहरूको ७५ करोड लागतमा माइक्रो इन्स्योरेन्स शुभारम्भ हुन लागेको हो । तिलोत्तमा २ जानकी नगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौँ रहेको छ । कम्पनीले देशभर १८ वटा शाखा तत्काल विस्तार गर्ने गरी काम अगाडी बढाइएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
सर्वसाधारणलाई भइपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हानी नोक्सानीमा राहत दिने उद्देश्यका साथ कम्पनी सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण