समाचार
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार, आज नेपाल ल्याइयो
शुक्रबार, ०९ चैत २०८०, १८ : १३

काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो ।
थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,'उल्लेखित १३ नेपाली नागरिकहरूलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाई म्यान्मार सीमा पार गराई थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैङ्कक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौँ पठाइएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना