समाचार
थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार, आज नेपाल ल्याइयो
शुक्रबार, ०९ चैत २०८०, १८ : १३
काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो ।
थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,'उल्लेखित १३ नेपाली नागरिकहरूलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाई म्यान्मार सीमा पार गराई थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैङ्कक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौँ पठाइएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण