बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एनभिए भलिबलको पुरुषमा आर्मी र हेल्प नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने

शुक्रबार, ०९ चैत २०८०, १८ : ४३
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दा पुलिसले आर्मीलाई ३–२ को सङ्घर्षपूर्ण तरिकाले हरायो । हेल्प नेपालले गण्डकीमाथि २५–१९, २७–२५ र २५–१९ को विजय रचेको हो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८–२५, २५–२३, २४–२६, २५–१३ र १५–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।

आर्मीका हरि अधिकारी प्लेयर अफ दी म्याच घोषित भए । शुक्रवार नै महिलातर्फ भएको तेस्रो स्थानको खेलमा एपिएफले न्यु डायमण्ड स्पोटर््स क्लबमाथि २५–२२, २३–२५, २५–१४, २५–२१ ले जित निकाल्यो । महिलामा नेपाल पुलिस र एभरेष्ट भलिबल क्लबले उपाधि भिडन्त तय गरेका छन् । शनिवार महिला र पुरुष दुबैतर्फ फाइनल हुनेछन् । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरुष तर्पmका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप