एनभिए भलिबलको पुरुषमा आर्मी र हेल्प नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने
काठमाडौँ । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दा पुलिसले आर्मीलाई ३–२ को सङ्घर्षपूर्ण तरिकाले हरायो । हेल्प नेपालले गण्डकीमाथि २५–१९, २७–२५ र २५–१९ को विजय रचेको हो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८–२५, २५–२३, २४–२६, २५–१३ र १५–१३ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
आर्मीका हरि अधिकारी प्लेयर अफ दी म्याच घोषित भए । शुक्रवार नै महिलातर्फ भएको तेस्रो स्थानको खेलमा एपिएफले न्यु डायमण्ड स्पोटर््स क्लबमाथि २५–२२, २३–२५, २५–१४, २५–२१ ले जित निकाल्यो । महिलामा नेपाल पुलिस र एभरेष्ट भलिबल क्लबले उपाधि भिडन्त तय गरेका छन् । शनिवार महिला र पुरुष दुबैतर्फ फाइनल हुनेछन् । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा महिला र पुरुष तर्पmका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण