बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो 'डिग्री माइला'

शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइला'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक करिब तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङ राईलाई प्रस्तुत गरिएको छ।

फिल्मको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैँ पिरा स्वाभावमा उभिएका दयाहाङको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

दर्शक हँसाउने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ राम्रो देखिएको छ ।

फिल्ममा दयाहाङकाे अलवा आँचल शर्माकाे मुख्य भूमिका छ । दयाहाङले निर्देशित नाटक 'डिग्री माइला´ आधारित यो फिल्मले बेरोजगारीको कथालाई पस्किएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।

‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्म चैत ३० गते रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया