‘फेस अफ नेपाल’को तेस्रो संस्करण हुँदै, साउन २ देखि अडिसन
सारांश
- एमएस प्रोडक्सन प्रालिले 'फेस अफ नेपाल'को तेस्रो संस्करण आयोजना गर्दैछ, जसका लागि साउन २ र ३ गते अडिसन हुनेछ ।
- यस प्रतियोगिता १७ देखि ३० वर्ष उमेर समूहका नेपाली पुरुष तथा महिलाका लागि खुला गरिएको छ ।
- प्रतियोगिताको ग्रान्ड फिनाले भदौ २४ मा काठमाडौँमा आयोजना गरिनेछ ।
काठमाडौँ । एमएस प्रोडक्सन प्रालिले ‘फेस अफ नेपाल’को तेस्रो संस्करण सुरू गर्दैछ । त्यसका लागि आगामी साउन २ र ३ गते (जुलाई १८ र १८)मा अडिसन हुनेछ ।
अडिसनमा सहभागिताका लागि यसअघि नै आवदेन खुला भइसकेको ‘फेस अफ नेपाल’की अध्यक्ष तथा अभिनेत्री मेनुका माझीले जानकारी दिइन् । नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको उनले बताइन् ।

प्रतियोगितामा १७ देखि ३० वर्ष उमेर समूहका नेपाली पुरुष तथा महिलाले आवेदन दिन सक्नेछन् । फेस अफ नेपालको आधिकारिक फेसबुक पेज र एभेन्टोजमार्फत आवदेन दिन सकिने एमएस प्रोडक्सनले जनाएको छ । अडिसनमा पास भएकाहरूलाई ग्रुमिङ, व्यक्तित्व विकास, मोडलिङ र स्टेज प्रस्तुति सम्बन्धी प्रशिक्षण समेत दिइनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भदौ २४ मा काठमाडौँमा हुनेछ ।
‘फेस अफ नेपाल’की निर्देशक मेनुका माझी अभिनेत्री तथा मोडल समेत हुन् । विशेषगरी भोजपुरी फिल्म उद्योगमा सक्रिय उनी अभिनित पहिलो नेपाली फिल्म ‘लज्जावती’ आगामी साउन २९ मा रिलिज हुँदैछ । उनले थुप्रै नेपाली तथा भोजपुरी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । पछिल्लो समय एलिना चौहान र मानियाको स्वरमा रहेको ‘चक्मा’ गीतमा मेनुकाले गरेको अभिनयले चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण