आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
चोक चोकमा चेकिङ, तस्बिरहरू
होली पर्व

चोक चोकमा चेकिङ, तस्बिरहरू

आइतबार, ११ चैत २०८०

काठमाडौँ । रङहरूको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिएका हुन् ।

traffic checking (1)

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ । त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका लागी ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए। 

traffic checking (2)

अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाई गरि ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।

traffic checking (3)

विशेष गरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झैँ-झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

traffic checking (4)

प्रवक्ता श्रेष्ठले रङहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नशालु पदार्थको (मापसे र लापसे) सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङलाई कडा बनाइएको बताए ।

traffic checking (5)traffic checking (6)traffic checking (7)traffic checking (8)traffic checking (9)traffic checking (10)traffic checking (11)traffic checking (12)traffic checking (13)traffic checking (14)traffic checking (15)traffic checking (16)traffic checking (17)traffic checking (18)traffic checking (19)traffic checking (20)traffic checking (21)traffic checking (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया