सरकारले सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने
आइतबार, ११ चैत २०८०, १० : ४२
काठमाडौँ । सरकारले चैत १२ गते २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कूल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।
बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी) छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।
२८ दिने बाहेक ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी पुरानै नवीकरण गरिने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण