गजल
सोमबार, १२ चैत २०८०, १२ : १०
भित्ता तक्मा र विभूषणले सजाएको छ
परन्तु तल गरिबीले मानवता लजाएको छ
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउँदा लगाउँदै
पत्रिकामा कसैको तक्मा लिलामीको सूचना आएको छ
टारीखेत रित्तै, घरगोठ रित्तै, सिङ्गो गाऊँ वृद्धाश्रम बनिरहँदा
छोरा पर्खेका बाआमालाई सरकारले एउटा बाकस बुझाएको छ
यता लोकतन्त्र वा: वा: नै छ, उता अर्थतन्त्र चाउरियो त के भो
देशलाई सुनको लङ्का बनाउँदै गणतन्त्र फस्टाएको छ
शहीदका फोटो हटाई नेताका फोटो धमाधम झुन्ड्याउँदै
चुनावको बहाना नै सही, यहाँ बुद्धको देश बहुलाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण