विभिन्न जिल्लामा डुबेर चार जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु भएको छ । कैलाली, बारा, बाजुरा र सप्तरीमा डबुेर ४ जनाको मृत्यु भएको हो । कैलालीको भजनी नगरपालिका–२ रजबारा बस्ने तुलराम विककी १३ वर्षीया छोरी ममता विकको सोही ठाउँस्थित काडा नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बाजुरा, खप्तडछेडेदह गाउँपालिका–७ लमगाउँस्थित छेडेदह तालमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय वीरेन्द्रबहादुर रावतको आइतबार दिउँसो मृत्यु भएको छ । घुम्न गएको अवस्थामा डुङ्गामा चढि खेल्ने क्रममा डुङ्गा पल्टिँदा वीरेन्द्र बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पसाह नदीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय नरेशप्रसाद यादवको मृत्यु भएको छ । आइतबार दिउँसो उनको मृत्यु भएको हो । उता, सप्तरीको बलानविहुल गाउँपालिका–४ बेल्ही टोल बस्ने ईन्दल मुखियाका ४ वर्षीय छोरा आनन्द मुखियाको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बालकको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण