बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा डुबेर चार जनाको मृत्यु

सोमबार, १२ चैत २०८०, १२ : ३१
सोमबार, १२ चैत २०८०

काठमाडौँ । देशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु भएको छ । कैलाली, बारा, बाजुरा र सप्तरीमा डबुेर ४ जनाको मृत्यु भएको हो । कैलालीको भजनी नगरपालिका–२ रजबारा बस्ने तुलराम विककी १३ वर्षीया छोरी ममता विकको सोही ठाउँस्थित काडा नदीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बाजुरा, खप्तडछेडेदह गाउँपालिका–७ लमगाउँस्थित छेडेदह तालमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय वीरेन्द्रबहादुर रावतको आइतबार दिउँसो मृत्यु भएको छ । घुम्न गएको अवस्थामा डुङ्गामा चढि खेल्ने क्रममा डुङ्गा पल्टिँदा वीरेन्द्र बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पसाह नदीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय नरेशप्रसाद यादवको मृत्यु भएको छ । आइतबार दिउँसो उनको मृत्यु भएको हो । उता, सप्तरीको बलानविहुल गाउँपालिका–४ बेल्ही टोल बस्ने ईन्दल मुखियाका ४ वर्षीय छोरा आनन्द मुखियाको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बालकको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप