करेन्ट लागेर नारायणी आँखा अस्पतालका कर्मचारीको मृत्यु
सोमबार, १२ चैत २०८०, १२ : ३९

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।
दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु - न राहत, न क्षतिपूर्ति
-
एक खेल अगावै इंग्ल्याण्डलाई शृङ्खला
-
वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
-
नेपालमा सरकारी जागिर, भारतबाट पीएचडीको प्रमाणपत्र
-
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची