भारतले लम्ब्यायो प्याज निर्यात प्रतिबन्ध
काठमाडौँ । लोकसभाको चुनाव नजिकिँदै गर्दा भारतले प्याजको निर्यात प्रतिबन्ध लम्ब्याएको छ । सन् २०२३ को डिसेम्बरदेखि नै भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।
वैदेशिक व्यापार महानिर्देशनालयले फेरि एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि निर्यात प्रतिबन्ध कायमै हुने जानकारी दिएको हो ।
महानिर्देशनालयको सूचनामा लेखिएको छ, ‘३१ मार्चसम्मका लागि लगाइएको प्याजको निर्यात अर्को सूचना जारी नहुँदासम्मका लागि कायम राखिएको छ ।’ भारत सरकारले प्याजको निर्यातबाट आन्तरिक बजारमा आपूर्ति कम हुँदा मूल्य बढ्न थालेसँगै यसको निर्यातमा रोक लगाउँदै आइरहेको छ ।
सोमबार चेन्नाईमा प्याजको मूल्य प्रतिकिलो ५५ भारु छ । यस्तै, राजधानी देल्लीमा ४० भारु र मुम्बईमा प्रतिकिलो ३५ भारु छ ।
यता नासिकमा प्रतिकिलो ३० भारु कायम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा पनि व्यापारीले मूल्य बढाउन सक्ने सम्भावना बढेर गएको छ ।
बहानाको खोजीमा रहने नेपाली व्यापारीले यही कारण मूल्य बढाउने देखिएको हो । भारतबाट औपचारिक माध्यमबाट प्याज नआए पनि हाल कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा प्रतिकिलो ७२ रुपैयाँमा भारतीय प्याज बिक्री भइरहेको छ । यद्यपि, यस अवधिसम्ममा भारतबाट १ अर्ब ९० करोड रुपैयाँको प्याज आयात भएको तथ्याङ्क छ ।
यस्तै, चीनबाट ४ करोड ८ लाख २२ हजार रुपैयाँको प्याज आयात भएको छ । चीनबाट आयात हुने प्याज उपभोक्ताको रोजाइमा नपर्दा उल्लेख्य मात्रामा आउन सकेको छैन ।
यसबाहेक प्रतिबन्ध लाग्नुअघिको समयमा भने भारतबाट पर्याप्त मात्रामा प्याजको आयात हुने गरेको तथ्याङ्कले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण