आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकता जसपाको प्रमुख कार्यभार

मङ्गलबार, १३ चैत २०८०, ०८ : ३०
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ ।  पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो । 

जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई  मुख्य कार्यभार तय गरेको छ । यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनिर्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ । 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप