सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिँदै

मङ्गलबार, १३ चैत २०८०, ०८ : ३७
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् ।

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ । बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको इन्स्पेक्टर हरेराम डाँगीले जानकारी दिए ।

होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । ‘घटनाबारे सोधपुछ गर्न हामी डाइभ हान्नेहरूलाई सम्पर्कमा ल्याउँदै छौँ’ इन्स्पेक्टर डाँगीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप