आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नगद प्रवाह ३९ अर्बले बढ्यो, कति छ बजारमा छ पैसा ?

मङ्गलबार, १३ चैत २०८०, १२ : ४३
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । 

तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख ९ हजार ८३५ रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नगद प्रवाह ३९ अर्ब ९ करोड ९ लाख ३७ हजार ३०५ रुपैयाँले बढेको छ । 

आर्थिक गतिविधि बढ्न थालेसँगै बजारमा नगद प्रवाह बढ्ने गर्छ । यसले केही आर्थिक गतिशीलता बढेको अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप