आर्या र मननले जिते ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’ उपाधि
मङ्गलबार, १३ चैत २०८०, १६ : ४४
काठमाडौँ । ‘जुनियर मिस्टर एन्ड मिस इटहरी’को उपाधि आर्या बस्नेत र मनन लुइँटेलले जितेका छन् । बस्नेतले केटी र लुइँटेलले केटा तर्फको उपाधि चुमेका हुन् । उपाधिका साथ दुवैले २५/२५ हजार नगद समेत हात पारेका छन् ।
प्रतियोगितामा केटी तर्फ नुमा राई फस्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप बन्दा दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड प्राप्त गरिन् ।
केटातर्फ भने दक्षित सुवेदी फस्ट रनरअप, गौरव गिरी सेकेन्ड रनरअप हुँदा सामिप्य श्रेष्ठले पब्लिक च्वाइस अवार्ड हात पारे ।
ड्रिम मोडलिङ एजेन्सीको आयोजना रहेको केटा र केटी गरेर ५८ बालबालिकाको सहभागीता रहेको कार्यक्रममा
सबै सहभागीले र्याप वाक, स्पिङ कला लगायतका प्रशिक्षण सहित कार्यक्रममा सहभागी भएको निर्देशक सौरभ मान भण्डारीले जानकारी गराए । प्रतियोगिताको कोरियोग्राफर एलिना थापा र प्रसना राउत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण