सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलले मनाए होली
धनुषा । धनुषामा रहेको सशस्त्र प्रहरीको ८ नम्बर गण र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सोमबार मिलेर होली मनाएका छन् । मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा होली मनाइएको हो ।

होली कार्यक्रममा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूले एक आपसमा होलीको शुभकामना आदान–प्रदान गरेका थिए ।

सोही अवसरमा नायब महानिरीक्षक शाहले यस्ता किसिमका कार्यक्रमहरूले राष्ट्रसेवक कर्मचारीहरूमा हौसला प्रदान हुनुका साथै दुई सुरक्षा निकायबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण