सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलले मनाए होली

मङ्गलबार, १३ चैत २०८०, १७ : १६
मङ्गलबार, १३ चैत २०८०

धनुषा । धनुषामा रहेको सशस्त्र प्रहरीको ८ नम्बर गण र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सोमबार मिलेर होली मनाएका छन् । मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा होली मनाइएको हो । 

418961831_289991787455115_2519953919866133118_n

होली कार्यक्रममा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारीहरू तथा स्थानीय बासिन्दाहरूले एक आपसमा होलीको शुभकामना आदान–प्रदान गरेका थिए । 

419012869_1681105135759281_792064785480000849_n

सोही अवसरमा नायब महानिरीक्षक शाहले यस्ता किसिमका कार्यक्रमहरूले राष्ट्रसेवक कर्मचारीहरूमा हौसला प्रदान हुनुका साथै दुई सुरक्षा निकायबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप