सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम-२ उपनिर्वाचन : माओवादीद्वारा ४ जनाको नाम सिफारिस

मङ्गलबार, १३ चैत २०८०, १७ : ४०
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा ती नामहरू सिफारिस गरेको हो ।

प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार सिफारिस गरिएका नाम निम्न छन् :

  • धिरेन्द्र शर्मा तिम्सिना (रमण) 
  • उर्मिला तामाङ (चन्दा) 
  • ओम बहादुर गुरुङ (सौरभ )
  • कुमार बराइली (अनिल)

433204562_1201154067956684_6352043624493021855_n

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ ।

यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेका छन् । पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप