इलाम-२ उपनिर्वाचन : माओवादीद्वारा ४ जनाको नाम सिफारिस
काठमाडौँ । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा ती नामहरू सिफारिस गरेको हो ।
प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार सिफारिस गरिएका नाम निम्न छन् :
- धिरेन्द्र शर्मा तिम्सिना (रमण)
- उर्मिला तामाङ (चन्दा)
- ओम बहादुर गुरुङ (सौरभ )
- कुमार बराइली (अनिल)

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ ।
यस्तै प्रदेशको नाम पहिचानसहित हुनुपर्ने माग राख्दै आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिं थेगिम उम्मेदवार बन्ने निश्चित भइसकेका छन् । पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सीके राउतको राष्ट्रिय जनमत पार्टीले भने प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण