बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ
नयाँ दिल्ली । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् । मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।
यसअघि बिग बग ओटीटी २ का विजेता एल्भिस यादव समातिएका थिए । त्यसपछि मुनव्वर पनि विवादमा आएका छन् । बारमा सूर्तीजन्य सामाग्रीको साथमा निकोटिन पनि प्रयोग भइरहेको जानकारी प्रहरीले पाएको थियो । यसबारे मुनव्वरको तर्फबाट कुनै आधिकारिक विज्ञप्ति आएको छैन । यस मामिलामा प्रहरीले थप छानबिन गरिरहेको छ ।
यसअघि पनि विवादमा आएका थिए मुनब्बर
मुनब्बर विवादमा मुछिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२१ मा इन्दौरमा एउटा स्ट्यान्ड अप कमेडी इभेन्टको बेलामा भगवान रामबारे असंवेदनशील टिप्पणी गरेपछि उनी पक्राउ परेका थिए । यस मामिलामा ३५ दिनसम्म जेलमा बसेपछि मुनव्वरलाई पक्राउ गरिएको थियो । यो कान्डपछि मुनव्वर अनलाइन ट्रोलिङको शिकार भए भने कयौं शो रद्द गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण