एसईई शान्त वातावरणमा सञ्चालनमा : परीक्षा नियन्त्रक
बिहीबार, १५ चैत २०८०, १० : ०९

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा शान्तिपूर्ण वातावरणमा भइरहेको बताए ।
अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनको भनाइ छ । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताए ।
‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला,’ पौडेलले भने ।
यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
ग्वार्को फ्लाइओभरको काम सकियो, ‘पानी नपरे जेठभित्रै गाडी चल्ने’