फ्रान्समा टाउकोमा लाउने स्कार्फलाई लिएर फेरि विवाद
पेरिस । फ्रान्समा टाउकोमा लगाउने स्कार्फबारे फेरि विवाद सुरु भएको छ । केही दिनअघि प्रधानाध्यापकमाथि झुटो आरोप लगाउने विद्यार्थीलाई कारबाही गरिने त्यहाँका प्रधानमन्त्री ग्याब्रियल अट्टलले बताएका छन् । टाउकोमा स्कार्फ लगाएको विषयमा प्रधानाध्यापकसँग झगडा गर्दा आफूमाथि हिंसा भएको दाबी छात्राले गरेकी थिइन् ।
झगडाको क्रममा प्रधानाध्यापकले विद्यार्थीमाथि हात उठाएका थिए । विद्यार्थीको यो आरोपपछि प्रधानाध्यापकले अनलाइन ट्रोलिङ र ज्यान मार्ने धम्कीसम्म सामना गर्नु परेको थियो । यही घटनामा उनले राजीनामा नै दिए । फ्रान्सको कानुनको हवाला दिँदै आफूले विद्यार्थीलाई टाउकोबाट स्कार्फ हटाउन भनेको प्रधानाध्यापकको भनाइ थियो ।
पछि यस प्रकरणमा भएको अनुसन्धानमा विद्यार्थीमाथि कुनै किसिमको हिंसा भएको प्रमाण फेला परेन । झुटो आरोप लगाएको विद्यार्थीलाई अदालतमा उपस्थित गराइने भएको छ । सन् २००४ को मार्चमा फ्रान्समा एउटा कानुन कार्यान्वयन गरिएको थियो जसले विद्यार्थीहरूलाई स्कुलमा उनीहरूको धार्मिक विश्वास झल्काउने कपडा लगाउन प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण