फ्रान्समा टाउकोमा लाउने स्कार्फलाई लिएर फेरि विवाद

पेरिस । फ्रान्समा टाउकोमा लगाउने स्कार्फबारे फेरि विवाद सुरु भएको छ । केही दिनअघि प्रधानाध्यापकमाथि झुटो आरोप लगाउने विद्यार्थीलाई कारबाही गरिने त्यहाँका प्रधानमन्त्री ग्याब्रियल अट्टलले बताएका छन् । टाउकोमा स्कार्फ लगाएको विषयमा प्रधानाध्यापकसँग झगडा गर्दा आफूमाथि हिंसा भएको दाबी छात्राले गरेकी थिइन् ।
झगडाको क्रममा प्रधानाध्यापकले विद्यार्थीमाथि हात उठाएका थिए । विद्यार्थीको यो आरोपपछि प्रधानाध्यापकले अनलाइन ट्रोलिङ र ज्यान मार्ने धम्कीसम्म सामना गर्नु परेको थियो । यही घटनामा उनले राजीनामा नै दिए । फ्रान्सको कानुनको हवाला दिँदै आफूले विद्यार्थीलाई टाउकोबाट स्कार्फ हटाउन भनेको प्रधानाध्यापकको भनाइ थियो ।
पछि यस प्रकरणमा भएको अनुसन्धानमा विद्यार्थीमाथि कुनै किसिमको हिंसा भएको प्रमाण फेला परेन । झुटो आरोप लगाएको विद्यार्थीलाई अदालतमा उपस्थित गराइने भएको छ । सन् २००४ को मार्चमा फ्रान्समा एउटा कानुन कार्यान्वयन गरिएको थियो जसले विद्यार्थीहरूलाई स्कुलमा उनीहरूको धार्मिक विश्वास झल्काउने कपडा लगाउन प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित