मेस्सीको खेल हेर्न दर्शकको ओइरो, एक महिना अघि नै ६० हजार टिकट बिक्यो
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको क्लब इन्टर मियामीले आगामी महिना न्यु इङ्ल्यान्ड रेभोल्युसनसँग खेल्ने कार्यक्रम रहेको छ । खेल हुन अझै एक महिना बाँकी छ । उक्त खेल आगामी अप्रिल २७ तारिखमा न्यु इङ्ल्यान्डको घरेलु मैदानमा खेलिने छ ।
तर, एक महिनाअघि नै उक्त खेलको ६० हजार टिकट बिक्री भइसकेको छ । हालसम्म उक्त खेलको ६० हजार टिकट बिक्री भइसकेको समाचारमा जनाइएको छ । न्यु इङ्ल्यान्डले उक्त खेलमा उपस्थित हुने दर्शकको संख्याले कीर्तिमान बनाउने दाबी पनि गरेको छ ।
इन्टर मियामी र न्यु इङ्ल्यान्डबिचको खेलका लागि अब पाँच हजारभन्दा पनि कम टिकटमात्र बाँकी रहेको बताइएको छ । तर, टिकटको माग निकै उच्च रहेको न्यु इङ्ल्यान्डले जनाएको छ । खासगरी अर्जेन्टिनी स्टार लियोनल मेस्सीले खेल्ने भएपछि उक्त खेलमा दर्शकको ओइरो लागेको समाचारमा जनाइएको छ ।
यसअघि जिलेट रंगशालामा उपस्थित भएर ६१ हजार तीन सय १६ जनाले खेल हेरेको कीर्तिमान छ । सन् २००२ मा मेजर लिग सकर कपअन्तर्गत खेलिएको न्यु इङ्ल्यान्ड र लस एन्जल्स ग्यालेक्सीबिचि खेलले उक्त कीर्तिमान बनाएको थियो ।
कीर्तिमानी रुपमा आठपटकका बालोन डी’ओर विजेता मेस्सी उपस्थित हुने भएकाले नै एक महिनाअघि नै टिकट सकिने अवस्थामा पुगेको दाबी न्यु इङ्ल्यान्डले पनि गरेको छ । तर, उक्त खेलमा ३६ वर्षीय मेस्सीको सहभागिता भने अझै पक्का भइसकेको छैन ।
पछिल्लो समय ह्यामस्ट्रिङ समस्याका कारण मेस्सीले मेजर लिग सकर ९एमएलएस० को दुई खेल गुमाइसकेका छन् । स्वास्थ्य समस्याकै कारण उनले अर्जेन्टिनाले अमेरिकामा खेलेको मैत्रीपूणर् खेल पनि खेल्न सकेका थिएनन् । इन्टर मियामीक प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले आफूहरुले मेस्सीको स्वास्थ्य अवस्थालाई राम्ररी नियालिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण