एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
काठमाडौँ । एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध भएका छन् । २०७९ चैत १० देखी २०८० फागुन ३० सम्ममा ५ हजार १५० वटा गम्भीर प्रकृतिको अपराध दर्ता भएको प्रहरी प्रवक्ता (डीआईजी) भिमप्रसाद ढकालले जानकारी दिए ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर ढकालले सो कुरा बताएका हुन् । अपहरण, बलात्कार, बलात्कार पछि हत्या, मानव बेचबिखन, बलात्कार उद्योग, डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता कसुर गम्भीर प्रकृतिका अपराधमा पर्छन् ।
कोशी प्रदेशमा गम्भीर प्रकृतिका अपराधका घटना सबैभन्दा धेरै १ हजार ६६ वटा दर्ता भएका छन् । गम्भीर अपराध गण्डकीमा सबैभन्दा थोरै दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अुनसार गण्डकीमा ३१२ वटा गम्भीर प्रकृतिका अपराधका घटना दर्ता भएका हुन् ।
पछिल्लो एक वर्षको अवधिमा देशभर ४ हजार २८४ वटा लागु औषधका मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ । लागुऔषध मुद्दामा ६ हजार ५०८ जना प्रतिवादी पक्राउ परेका थिए । २०७९ चैत १० देखी हालसम्म १३ हजार १२२ जना फरार अपराधी पक्राउ परेका छन् । फरार प्रतिवादीलाई अदालतबाट १ अर्ब ९७ करोड ९६लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण