शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध

बिहीबार, १५ चैत २०८०, २३ : १२
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध भएका छन् । २०७९ चैत १० देखी २०८० फागुन ३० सम्ममा ५ हजार १५० वटा गम्भीर प्रकृतिको अपराध दर्ता भएको प्रहरी प्रवक्ता (डीआईजी) भिमप्रसाद ढकालले जानकारी दिए ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर ढकालले सो कुरा बताएका हुन् । अपहरण, बलात्कार, बलात्कार पछि हत्या, मानव बेचबिखन, बलात्कार उद्योग, डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता कसुर गम्भीर प्रकृतिका अपराधमा पर्छन् ।

कोशी प्रदेशमा गम्भीर प्रकृतिका अपराधका घटना सबैभन्दा धेरै १ हजार ६६ वटा दर्ता भएका छन् । गम्भीर अपराध गण्डकीमा सबैभन्दा थोरै दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अुनसार गण्डकीमा ३१२ वटा गम्भीर प्रकृतिका अपराधका घटना दर्ता भएका हुन् ।

पछिल्लो एक वर्षको अवधिमा देशभर ४ हजार २८४ वटा लागु औषधका मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ । लागुऔषध मुद्दामा ६ हजार ५०८ जना प्रतिवादी पक्राउ परेका थिए । २०७९ चैत १० देखी हालसम्म १३ हजार १२२ जना फरार अपराधी पक्राउ परेका छन् । फरार प्रतिवादीलाई अदालतबाट १ अर्ब ९७ करोड ९६लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप