प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धन दलहरूबिच प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएका छन् । उनले भागबन्डामा सहमति नभए पनि प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन कुनै समस्या नभएको तर्क गरे ।
‘प्रदेशको भागबन्डा कुनै टुङ्गो लागेको छैन । अन्तिममा सहमति होला । तथापि मुख्यमन्त्रीले विश्वासको मत लिन कुनै अप्ठ्यारो छैन । त्यो बालुवाटार सहमतिले सुनिश्चित गरेको छ’,शुक्रबार रातोपाटीसँग सापकोटाले भने ।
यस्तै एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याली बाहिर कार्यक्रम भएकाले गठबन्धनको बैठक बस्ने सम्भावना नभएको उनले बताए ।
फागुन २१ गते सत्ता समीकरण बदलिएपछि कांग्रेसले सङ्घदेखि प्रदेशसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घमा प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिइसकेका छन् । प्रदेशका मुख्यमन्त्रीहरूले २२/२३ गते भित्र विश्वासको मत लिनुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण