आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो ।
आयरल्यान्डका लागि ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रनमा अविजित रहे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।
आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक-एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका थिए । पहिलो ओभरको दोस्रो बलमा रोस आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो ।
आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिकललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि केड कार्मिकलले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए । १० औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्डले ९० रन बनाएको थियो ।
आयरल्यान्डको तेस्रो विकेट आरिफ शेखले लिएका थिए । आरिफले आयरल्यान्डका ओपनर ब्याट्सम्यान पिटर मुरलाई बोल्ड गरेका थिए । पिटर मुर केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका थिए । पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४९ रन बनाएका थिए । ११ औँ ओभरको अन्तिम बलमा पिटर मुर आउट हुँदा आयरल्यान्डले ९६ रन बनाएको थियो ।
आयरल्यान्डको चौथो विकेट कमलसिंह ऐरीले लिएका थिए । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान स्टिफन डोहेनीलाई सागर ढकालद्वारा क्याच गराएका थिए । कमलले लिएको यो दोस्रो विकेट थियो । डेहोनीले पेभेलियन फर्किनुअघि केवल १६ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । १४.४ ओभरमा डेहोनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय ४७ रन बनाएको थियो ।
आयरल्यान्डको पाँचौँ विकेट पनि कमलसिंह ऐरीले नै लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई आफ्नो बलिङमा आफैले क्याच गर्दै पेभेलियन फर्काएका थिए । कमलले लिएको यो तेस्रो विकेट थियो । आउट हुनुअघि कप्तान निल रकले २३ बलमा तीन छक्का र एक चौकाको मद्दतले ३८ रन बनाएका थिए । १८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्डले एक सय ८१ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण