प्रमुख दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
शनिबार, १७ चैत २०८०, १० : ५७
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन् । संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारिता लगायतका विषयमा छलफल हुन लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आज बिहान सवा ११ बजे हुने छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको छ ।
संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण