यो साता सुनको मूल्यमा बन्यो कीर्तिमान
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेको महासङ्घले जनाएको हो ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ थियो । यस्तै, गत शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ थियो । जसमा यो साताको शुक्रबारसम्मको अवधिमा प्रतितोला ३५ सय रुपैयाँको वृद्धि आएको हो ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम छ । यो नेपाली सुनचाँदी बजारमा अहिलेसम्मकै कीर्तिमानी मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको थिएन ।
यो साता लगातार यसअघिको कीर्तिमानी मूल्यको ‘रेकर्ड ब्रेक’ गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । यो साताको बिहीबार नै सुनको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँ कायम हुँदै यसअघिको कीर्तिमान तोडेको थियो । जुन कीर्तिमान पुनः शुक्रबार तोडिँदै सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको हो ।
यो साता चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १५ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण