सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा विराट चक्रविज्ञान कार्यक्रम सुरु

शनिबार, १७ चैत २०८०, १४ : ०९
शनिबार, १७ चैत २०८०

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान (ध्यान) कार्यक्रम सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा नेपालसहित १५ मुलुकका नागरिकहरूको उपस्थितिमा चक्रविज्ञान (ध्यान) कार्यक्रम सुरु भएको हो । 

एकैसाथ ५ हजार जनाको उपस्थिति हुने दाबी गरिएको विराट चक्रविज्ञान कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ । जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने बताए ।

यसप्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियामा आयोजना भएको र त्यहाँ १४७१ जना उपस्थित भएका थिए  । अस्ट्रेलियामा सो कार्यक्रम ३ दिन मात्रै आयोजना भएको खनालले बताए ।  जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा चैत्र २३ गतेसम्म हुने याे कार्यक्रममा अहिलेसम्मकै ठुलो सङ्ख्यामा उपस्थिति हुने आयोजक पक्षको दाबी छ । 

bb

भगवान् गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफैँ बन भन्ने स्व-जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । व्यक्तिभित्र  रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दको अदभूत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यस्ता कार्यक्रमले सहयोग गर्ने खनालको भनाइ छ ।

कार्यक्रमबाट विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रूपमा विश्वमाझ फैल्याउन सहयोग पुग्ने उनले बताए । यस्ता कार्यक्रमले नेपाललाई उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप