एमाले झापा जिल्ला अधिवेशन : अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत, सचिवमा दुई जनाको दाबी
विराटनगर । नेकपा एमाले झापा जिल्लाको अध्यक्ष र उपाध्यक्षमा सहमति जुटेको छ । यसअघि अध्यक्षको दाबी गर्दै आएका शिव ढुङ्गेल यस कार्यकालमा उपाध्यक्ष पदमै रहन सहमत भएपछि अध्यक्ष पदमा प्रेम गिरी सर्वसम्मत बनेका हुन् ।
झापाको ११ औ जिल्ला अधिवेशन जारी छ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचन आयोगले दिएको समयमा अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मात्रै उम्मेदवारी परेको छ ।
झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला पनि हो । ओलीले आफ्नो जिल्लामा सहमतिबाटै नेतृत्व चयन गर्न दबाब दिँदै आएका छन् । अध्यक्ष ओलीले एमाले झापाका अहिलेका कार्यवाहक अध्यक्ष प्रेम गिरीलाई नै अध्यक्ष बनाउन चाहेका थिए । ढुङ्गेल भने हालका सचिव हुन् ।
यता सचिव पदमा भने बोधराज घिमिरे र तुलसी कार्कीको उम्मेदवारी परेको छ । यस्तै उप सचिवको महिलामा अनिता कन्तङवा सर्वसम्मत हुँदा पुरुष सह–सचिवमा भने चन्द्र सुब्बा, असारु राजवंशी र टिकाराम मगरातीले उम्मेदवारी दिएका छन् ।
सर्वसम्मत हुन नसकेका पदहरूको विषयमा भोली बिहानसम्ममा नेताहरूसँग छलफल गरेर टुङ्गो लगाउने प्रयास गर्ने एमालेले जनाएको छ । अन्य सदस्य पदमा भने भूगोल अनुसार पालिका पालिका कमिटी र त्यहाँबाट सदस्य पदमा आकाङ्क्षी भएकाहरूलाई पालिका कमिटी र त्यही क्षेत्रका अन्य शीर्ष नेतृत्वले बसेर टुङ्गो लगाउने गरी छलफल भइरहेको जनाइएको छ ।
निर्वाचन समितिले भने आइतबार बिहान १० बजेका लागि मतदानको समय निर्धारण गरेको छ । निर्वाचन समितिले शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समयावधि तोकेको थियो ।
तर, सहमतिको आधारमा मात्रै उम्मेदवारी दरखास्त फारम दर्ता गर्ने अध्यक्ष ओलीकै चाहना बमोजिम शनिबार सम्मका लागि उक्त समयावधि सारिएको थियो । एमाले झापाको अधिवेशनमा ८ सय ३२ जना प्रतिनिधिहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
-
किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
-
असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
-
साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
-
३४ हजार संस्थालाई रोयल्टी तिर्न एकसाथ पत्र, नतिरे ६ महिना कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण