बाहिनीपति कपको उपाधि नम्बर–१९ विशेष कार्यदललाई
काठमाडौँ । सशस्त्र प्रहरी बलको नम्बर–१९ विशेष कार्यदल गणले बाहिनीपति कपको उपाधि जितेको छ । नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयले आयोजना गरेको ‘बाहिनीपति कप–२०८०’को उपाधि हलचोकस्थित विशेष कार्यदलले जितेको हो ।
आइतबार आयोजित फाइनल खेलपछि पशुपतिनाथ बाहिनीका प्रमुख (डीआईजी) पुरुषोत्तम थापाले विशेष कार्यदललाई ट्रफी प्रदान गरे । बाहिनीपति कप खेलकुद प्रतियोगितामा विशेष कार्यदल गणले १५ स्वर्ण, ६ राजत र ४ कास्य जित्न सफल भएको छ ।
चैत १३ बाट १८ सम्म सञ्चालित प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेल बिधाहरु समावेश थियो । प्रतियोगितामा सशस्त्र पशुपतिनाथ बाहिनी मातहतका गण तथा गुल्महरुका खेलाडीहरु सहभागी थिए । बिजयी टिम तथा खेलाडीहरूलाई डीआईजी थापाले ट्रफी, मेडल तथा प्रशंसा पत्र प्रदान गरेका छन् ।
प्रतियोगिता समापन समारोहमा डीआईजी थापाले कुनै पनि देश खेलकुदको माध्यमबाट विश्व विजेता बन्न सक्ने बताए । उनले भने– ‘खेलकुदबाट नै राष्ट्रको गौरव, शान, मान र पहिचान स्थापित गर्न सकिन्छ ।’
खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरूमा आपसी भ्रातृत्व, बन्धुत्व र भाइचाराको विकास तथा पेसाप्रतिको निष्ठा विकास हुने उल्लेख गर्दै डीआईजी थापाले भने– ‘यो प्रतियोगिताले निकट भविष्यमा आयोजना हुन लागेको आईजीपी कपको लागि खेलाडीहरुको छनोटमा समेत सहयोग पुग्नेछ ।’
सकल दर्जाका राष्ट्रसेवकहरूमा सामूहिक भावना, व्यावसायिक क्षमता र व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पशुपतिनाथ बाहिनीले गत फागुनमा चन्द्रागिरि हिल्ससँगको सहकार्यमा केबलकार आपत्कालीन उद्धार अभ्यास र क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरको मर्मत सम्भार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण