नेतान्याहु सरकारविरुद्ध हजारौँ इजरायली किन उत्रिए सडकमा ?
जेरुसेलम । इजरायलको गहिरो राजनीतिक विभाजन फेरि जनतामाझ छरप्रष्ट भएको छ । हजारौँ इजरायली सरकार विरोधी प्रदर्शनमा फेरि सडकमा उत्रिएका छन् ।
अक्टोबर ७ मा हमासको हमलापछि सारा इजरायल स्तब्ध भयो । त्यसपछि जनतामा एकखाले एकता देखिएको थियो । तर ६ महिनापछि बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध एकपटक फेरि ठुलो प्रदर्शन भइरहेको छ ।
जेरुसेलममा हजारौँ प्रदर्शनकारीहरूले आइतबार राति सहरको सबैभन्दा ठुलो उत्तर–दक्षिण राजमार्ग अवरुद्ध गरे । यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो । प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन् । गाजामा बन्धक बनाइएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग पनि धेरैले गरेका छन् । युद्ध सम्झौता नभई यसैगरी लम्बिइरह्यो भने धेरै बन्धक मारिने बन्धकका परिवारका सदस्य र साथीभाइलाई भय छ ।
सन् २०२३ मा इजरायलमा यस्ता प्रदर्शनहरू भए कि सरकार नै हल्लियो । यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर जम्मा हुन जनतालाई अपिल गरेका छन् । गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ । गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिसकेका छन् ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाइएको थियो । त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण