सरकारबाट निर्णय नआउँदा कार्यव्यवस्था परामर्श समितिको बैठक दुई बजेसम्मका लागि स्थगित
सुर्खेत । कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । केहीबेर अघिबाट सुरु भएको बैठक विश्वासको मत लिने÷नलिनेबारे प्रस्ट निर्णय नआएकाले केही समयका लागि स्थगित भएको हो ।
यसअघि नै मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराइसकेकाले सोही कार्यसूची यथावत् रहेको र कतिबेला लिने भन्ने विषयमा केही अन्यौलता भएकाले २ बजेसम्मका लागि बैठक सरेको उपसभामुख यशोदा न्यौपानले बताइन् ।
उता मुख्यमन्त्री शर्मा निकट स्रोत भने जसरी पनि आज विश्वासको मत लिइने दाबी गर्छ । माओवादीभित्रको विवाद समाधानका लागि अहिले पूर्व मुख्यमन्त्री शाही, मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लबिच वृहत् रूपमा छलफल चलिरहेको छ । यता एमालेमा भने अन्यौलता कायम छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने कुरामा एमाले आशावादी रहेको बताए । माओवादीभित्र नै अन्यौलता भएकाले एमालेले भने केही निर्णय गर्न सकिरहेको छैन । संसदीय दलको बैठक बोलाउने पनि कुनै तयारी नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण