बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

सरकारबाट निर्णय नआउँदा कार्यव्यवस्था परामर्श समितिको बैठक दुई बजेसम्मका लागि स्थगित

मङ्गलबार, २० चैत २०८०, १२ : २७
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । केहीबेर अघिबाट सुरु भएको बैठक विश्वासको मत लिने÷नलिनेबारे प्रस्ट निर्णय नआएकाले केही समयका लागि स्थगित भएको हो ।  

यसअघि नै मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी पत्र दर्ता गराइसकेकाले सोही कार्यसूची यथावत् रहेको र कतिबेला लिने भन्ने विषयमा केही अन्यौलता भएकाले २ बजेसम्मका लागि बैठक सरेको उपसभामुख यशोदा न्यौपानले बताइन् । 

उता मुख्यमन्त्री शर्मा निकट स्रोत भने जसरी पनि आज विश्वासको मत लिइने दाबी गर्छ । माओवादीभित्रको विवाद समाधानका लागि अहिले पूर्व मुख्यमन्त्री शाही, मुख्यमन्त्री शर्मा, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लबिच वृहत् रूपमा छलफल चलिरहेको छ । यता एमालेमा भने अन्यौलता कायम छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने कुरामा एमाले आशावादी रहेको बताए । माओवादीभित्र नै अन्यौलता भएकाले एमालेले भने केही निर्णय गर्न सकिरहेको छैन । संसदीय दलको बैठक बोलाउने पनि कुनै तयारी नरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप