राजीनामा दिने मुडमा रहेका गण्डकीका मुख्यमन्त्री पाण्डेले सांसदहरूसँग छलफल गर्दै
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे मुख्यमन्त्रीको निवासमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको ब्रिफिङ हुनेछ ।
पाण्डेले बैठकमा राजीनामा दिनेबारे पनि सांसदहरूको राय लिनेछन् र आगामी राजनीतिक गतिविधिबारे जानकारी गराउनेछन् । उनी तत्कालै राजीनामा दिएर उपधारा (३) अनुसार पुनः मुख्यमन्त्री बन्ने दाउमा छन् ।
कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार अनौपचारिक छलफलका लागि उपलब्ध सांसदहरूलाई बोलाइएको छ । ‘औपचारिक छलफल होइन । अनौपचारिक हो,’ उनले भने, ‘राजीनामा दिने विषयमा प्रमुख छलफल हुन्छ । अहिलेसम्मको अवस्थाको पनि ब्रिफिङ हुन्छ ।’
राप्रपाले २७ गतेसम्म राजनीतिक निर्णय नलिने बताएपछि पाण्डेले २७ गतेअघि अर्को सरकार नबन्ने गरी राजीनामा दिएर ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्न दाउ खोजेका हुन् । पाण्डेले बुधबारसम्म राजीनामा दिने बुझिएको छ ।
यद्यपि राप्रपासँग निरन्तर संवादमा रहेका कारण उनी पर्ख र हेरको अवस्थामा छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि गण्डकीमा पनि असर परेको छ । फागुन २२ मा पाण्डेले माओवादीका २ मन्त्रीलाई बर्खास्त गरिदिए । भोलिपल्टै माओवादीले उनलाई दिएको समर्थन फिर्ता लियो ।
चैत २३ भित्र पाण्डेले विश्वासको मत लिनुपर्छ । तर विश्वासको मत नलिई उनी राजीनामा दिने सुरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण