रेशम चौधरीले भने– पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए ।
लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको रेशमको भनाइ थियो । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणीसमेत गरे ।
निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे ।
उनले आफ्नो तर्फबाट रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नभएको दाबीसमेत गरे । बरु उनीहरूबाटै सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको रेशमको भनाइ छ ।
उनले भने, ‘मैले आज प्रधानमन्त्री प्रचण्डसँग भेटमा पनि भनेँ– तपाईले कस्तो तागत दिनुभएको छ कि उनीहरू (रञ्जिता)ले सुटर ल्याउने भइसके ।’
प्रधानमन्त्री प्रचण्डले फोन गरेर बोलाएपछि आफू भेट्न गएको रेशमको भनाइ छ । ‘तपाईंहरूको पार्टीमा खासै विवाद छैन, किन बाहिर छताछुल्ल भएको ? त्यसलाई कसरी हुन्छ मिलाउनुस् भनेर प्रधानमन्त्री प्रचण्डले सुझाव दिनुभयो,’ उनले भने ।
रेशमले बाहिर आएको हल्लाजस्तो पार्टीमा विवाद नरहेको पनि बताए । चैत २३ गते बस्ने बैठकले सबै विवाद समाधान हुने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
-
च्याम्पियन्स लिग : बार्सिलोना र इन्टर मिलानबीच कडा टक्कर
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर