बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीले राजीनामा दिँदै

बुधबार, २१ चैत २०८०, १६ : ११
बुधबार, २१ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ । वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा सुरु बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने तयारी गरेका छन् । 

यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन् । 

कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको उक्त सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न आनाकानी गरेकोमा लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । उनले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप