दार्चुला लगायतका विकट क्षेत्रमा सहुलियत पसल खोल्न दीपक सिंहको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दार्चुला लगायतका विकट क्षेत्रका जनतालाई सहुलियत दरको पसल खोलिदिन सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले दार्चुलामा उब्जाउ जमिन राम्रो जमिन नभएका कारण कष्टकर जीवन बिताए पनि नेपालको सिमानाको रक्षा गरेको बताए । सांसद सिंहले तुइनबाट खसेर मर्नु परे पनि, भेडा च्याङ्ग्रा चोरिए पनि त्यहाँको भूभाग नछोडी बसेको उल्लेख गरे ।
उनले भने– ‘दार्चुलाका जनताले २ किलो प्याज, एक लिटर तेल, नुन मसलाहरू किन्नका लागि झोलुङ्गे पुल तरेर धार्चुला बजारमा जाँदा उनीहरुले जुन अपमान सहनुपर्छ, ती कुराहरू हेर्दा र सुन्दा हाम्रा सन्ततिहरूले हामीहरू सबैलाई धिक्कार्नेछन् जस्तो लाग्छ । हाम्रो पनि सरकार छ भन्ने अनुभूति दिलाउनका लागि यस्ता विकट जिल्लाहरूमा सहुलियत दरका पसलहरू खोलोस भन्न चाहन्छु ।’
अत्यन्तै विकट क्षेत्र रहेको त्यहाँका जनतालाई खाद्यवस्तुले धान्न गाह्रो रहेको र तीन चार दिन हिँडेर आउँदा पनि एक किलो नुन पाउन समस्या रहेकोप्रति सरकारलाई ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण