छुटे राजेशपायल राईसहितका कलाकार
बिहीबार, २२ चैत २०८०, १० : ०७
काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।
गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने–' बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । '
'हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? 'उनले प्रश्न गरे ।
राजेशपायल राई लोकप्रिय कलाकार हुन् । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण