बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

छुटे राजेशपायल राईसहितका कलाकार

बिहीबार, २२ चैत २०८०, १० : ०७
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । 

गए राति मापसे गरी होहल्ला गरेपछि  काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने–' बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । '

'हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? 'उनले प्रश्न गरे । 

राजेशपायल राई लोकप्रिय कलाकार हुन् । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप